दक्षिण अफ्रिकाविरुद्धको टि–२० सिरिज इंग्ल्यान्डले जित्यो

१५ मंसिर ७७, सोमबार
Share this
752shares

१५ मंसिर, एजेन्सी ।
दक्षिण अफ्रिकाविरुद्धको टि–२० क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ। तीन खेलको टि–२० सिरिज इंग्ल्यान्डले एक खेलअघि नै जितेको हो।

Advertisement

दोस्रो खेलमा दक्षिण अफ्रिकालाई इंग्ल्यान्डले चार विकेटले हरायो। यसअघि पहिलो खेलमा भने इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई पाँच विकेटले हराएको थियो।

दोस्रो खेलमा १४७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभर सकिन एक बल बाँकी छँदा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। ​

Advertisement

इंग्ल्यान्डको जितमा डेविड मलानले ५५ रन बनाए। त्यस्तै, कप्तान इयोन मोर्गनले अविजित २६, जस बटलरले २२, बेन स्टोक्सले १६ र जासन रोयले १४ रन बनाए। बलिङतर्फ दक्षिण अफ्रिकाका तबराज साम्सीले तीन विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले ३०, जर्ज लिन्डले २९ र रासी भान डेर डुसेनले अविजित २५ रन बनाए। ​

Advertisement

बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिदले दुई विकेट लिए। तेस्रो खेल इंग्ल्यान्डले दक्षिण अफ्रिकासँग मंगलबार राति खेल्ने छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top