×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निजी शिक्षकले दिए तत्काल तलब निकासा गर्न गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम

१५ मंसिर २०७७

१५ मंसिर, बैतडी । तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

निजी स्रोत शिक्षक सङ्घर्ष समितिले विज्ञप्ति निकालेर आफूहरुले गएको चैतदेखि तलब नपाएको र तत्काल तलब निकासा गर्न माग गरेका छन् । लामो समयदेखि तलब नै नपाएपछि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको समितिका अध्यक्ष लक्ष्मी साह चन्दले जानकारी दिए ।

Advertisement
Advertisement

चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि, २०७५ लागू हुनुपर्ने, दशैँ भत्ता, पोसाक भत्तालगायतका सुविधा आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको तलबभत्ता निकास गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

गाउँपालिकाले २४ घण्टाभित्र सुनुवाइ नगरे थप आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा १ सय ९१ निजी स्रोतका शिक्षक छन् । कोरोना महामारीका बेलामा तलब निकासा नहुँदा गुजारा गर्न समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।

Advertisement

सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँडफाँड शीर्षकमा रकम निकासा नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकिएको बताएका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top