केन्द्रमा नेकपामा देखिएको विवाद झापामा अनेरास्ववियूमा पनि पर्याे

केन्द्रमा नेकपामा देखिएको विवाद झापामा अनेरास्ववियूमा पनि पर्याे

१५ मंसिर, झापा ।

अनेरास्ववियू झापाको एकता घोषणासँगै विवाद सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियू झापामा एकता पछिको नयाँ कमिटी घोषणासँगै व्यापाक असन्तुष्टि रहेको छताछुल्ल भएको छ ।

नेकपाको केन्द्रमा देखिएको विवादले झापाको विधार्थी राजनीतिमा समेत प्रभाव पारेको छ । प्रचण्ड –नेपाल समूहले एकलौटी कमिटी घोषणा गरेकोमा जिल्लाभरका विधार्थीहरुले असहमति जनाएका छन् । प्रचण्ड समूहका केहि विधार्थी नेताले समेत कमिटी घोषणामा आपत्ति जनाउन थालेका छन् ।

विधार्थी नेता सन्दीप प्रसाईले चियापसलमा बसेर गरेको निर्णय मान्य नहुने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले चियापसलमा गरेको निर्णय मान्यनहुने बताउँदै आफ्नो अनुकुलतामा कमिटी घोषणा गरेको आरोप लगाएका छन् । यस्तै, विधार्थी पुजाखुशीले जिल्लाको कमिटी घोषणामा असन्तुष्टी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमै लेखेकी छन्, – झापा जिल्लाको सबैभन्दा अन्यायपूर्ण निर्णय ।

मेची क्याम्पसका विद्यार्थी नेता अशोक खतिवडाले चरम गुटबन्दीबाट ग्रस्त समूहले आफु खुशी घोषणा गरेको नयाँ कमिटी अस्वीकार गर्ने बताएका छन् । सर्कुलरमा संगठनका केन्द्रीय सदस्य, साविक पार्टीका दुई प्रतिनिधि र संयोजक , सहसंयोजकको छलफलले सहमतिमा कमिटी टुङ्गो लगाउने व्यवस्था गरेको थियो । सोहि अनुसार पार्टीका प्रतिनिधि शिव ढुङ्गेल, युवराज दाहालसहित विधार्थीका प्रतिनिधिबिच एक चरण छलफल भएको थियो । पहिलो छलफलमै पुनः बैठक बसेर मात्रै कमिटी टुङ्गो लगाउने सहमतिभएपनिअर्को बैठक नै नबसी कमिटी घोषणा गरिएको छ ।

अनेरास्ववियू झापाकापूर्व अध्यक्ष मनोज ताम्ली लिम्बुले नेतृत्व गरेका विद्यार्थीहरुलाई नयाँ कमिटीमा ‘बाइपास’गरिएको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.