नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स, एएफसीका कुनै प्रतियोगिता खेल्न नपाउने

१६ मंसिर, विराटनगर ।
नेपालका ए डिभिजन क्लबहरुले एसियन फुटबल कन्फिडरेसन (एएफसी) मा लाइसेन्सका लागि गरेको आवेदन रद्ध भएको छ।

Advertisement

एएफसी लाइसेन्सका लागि नेपालका १३ क्लबहरुले आवेदन दिएका थिए। जसमा अघिल्लो सिजन रेलिगेसनमा परेको सरस्वती युथ क्लबले भने आवेदन दिएको थिएन।

यद्यपि एएफसीले लाइसेन्स प्राप्तीको लागि त्रिभुवन आर्मी क्लबले गरेको प्रयासको भने सराहना गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

Advertisement

अघिल्लो सिजनको लिग विजेता मछिन्द्र क्लब लाइसेन्स नभएका कारण एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाएको थिएन।

एएफसी कप २०१९ मा मापदण्ड पूरा नगरेका क्लबलाई लाइसेन्स वितरण गरेको भन्दै एएफसीले क्लब कप लाइसेन्सिङ रेगुलेसन उल्लंघन अन्तर्गत एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना गराएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top