धरहरा निर्माणले गति लिँदै, १९ तला ढलान सकियो

१७ मंसिर ७७, बुधबार

काठमाडौं: सुन्धारामा निर्माण हुँदै गरेको नयाँ धरहराको काम अन्तिम चरणमा पुगेको छ । बन्न लागेको २२ तलाकाे धरहरामध्ये २० तलाकाे ढलान हुन लागेको निर्माण कम्पनीले गोरखापत्र अनलाइनलाई जानकारी दिएको छ ।

Advertisement

रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले बाँकी दुई तल्लाको काम दुईदेखि तीन महिनाको बीचमा सम्पन्न हुने बताउनुभयो । तर धरहरालाई अन्तिम रुप दिने कामको लागि केही समय लाग्नेछ । धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट बनाउने, वाइरिङ, फिनिसिङ काम पनि भइरहेको उहाँ बताउनुहुन्छ ।

सुरुमा कोरोनाका कारण काममा केही असर परेको भए तापनि काम निरन्तर भइरहेको उहाँ बताउनुहुन्छ । कोरोना कारण लकडाउनको समय र दसैं तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भइरहेको उहाँले बताउनुभयो ।ठेक्का पाएको समयका आधारमा हामीले एक महिना अगावै सक्नु सक्नुपर्ने भए तापनि कोरोनालगायत काम गर्ने सिलसिलामा काम गर्ने साइट नपाएको कारण थप समय आवश्यक रहेको म्यानेजर इन्जिनियर श्रेष्ठ बताउनुहुन्छ । तर पनि धरहरा निर्माणको काम सम्पन्न गरेर अरु भित्रको बाँकी काम हुने दिशामा रहेकोे निर्माण कम्पनीले बताएको छ ।

Advertisement

नयाँ धरहरा पुरानै मौलिकतामा बन्दै

२२ तला बन्ने धरहरा पहिलाको धरहराको शैलीमा बन्नेछ । तर पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनिरहेको निर्माण कम्पनीको बताएको छ । यो बन्दै गरेको धरहरामा बालुवा, छड, र्र्ईटा, डण्डी, सिमेण्टको सामग्री प्रयोग गरेर बनाइएको छ । तर माथि टपमा भने पुरानै धरहराको गजुर राखिने म्यानेजर श्रेष्ठ बताउनुहुन्छ । पुरानै शैलीमा प्रत्येक तलामा झ्याल रहनेछ ।

Advertisement

पर्याप्त पार्किङ र अपाङ्गमैत्री

नयाँ धरहरामा बालबालिका, जेष्ठ नागरिक, अपाङ्गमैत्री बन्ने भएको छ । धरोहरा चढ्नको लागि हिँड्न नसक्नेको लागि दुई वटा लिप्टको व्यवस्था गरिएको छ । गाडी र बाइकको लागि पार्किङको सुविधा रहनेछ । चारसय साना गाडी र सातसय बाईक अट्ने क्षमताको पार्किङ बनिरहेको छ । साथै, खाजा र खाना खाने क्यान्टिनदेखि आराम गर्नको लागि बगैंचा रहनेछ । धरहरा चढ्न दैनिक तीनदेखि चार हजारको हाराहारीमा पर्यटकहरु आउने एक अनुसन्धानले बताएको व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top