×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

एचआइभी सङ्क्रमित बालबालिकालाई सकसः साथीहरु नजिक आउनै मान्दैनन्

१७ मंसिर २०७७

१७ मंसिर, कैलाली ।
कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन ।

कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन भयो । बुवाको निधनपछि आमा र बालिकाको स्वास्थ्य परीक्षण गर्दा एचआइभी सङ्क्रमण पुष्टि भयो ।

आमाछोरी दुवैले टीकापुर अस्पतालबाट एआरटी सेवन गरिरहेका छन् । लम्कीकै एक सामुदायिक विद्यालयमा अध्ययनरत बालिकासँग अन्य बालबालिका बस्न, खेल्न, सँगै खाजा खान मान्दैनन् ।

“मसँग साथीहरु नजिक आउनै मान्दैनन्, मलाई अपराधीजस्तो गर्छन्”, बालिकाले भनिन्, “म चार वर्षको हुँदा सङ्क्रमण पुष्टि भयो । म त पेटमै सङ्क्रमित भएर जन्मिएकीरहेछु भन्ने पछि थाहा भयो । सङ्क्रमित हुनुमा मेरो के दोष ?”

बालिका विद्यालयमा गरिने विभेदका कारण पढाइमा रुचि नजागेको बताउँछिन् । “म नियमित विद्यालय जादिनँ, आमाले पढ्नुपर्छ भन्नुहुन्छ”, बालिका भन्छिन्, “हामी चार भाइबहिनी छौँ, हामीलाई हुर्काउन आमालाई निकै दुःख भएको छ । पढेर जागिर खाएर आमा पाल्न मन छ तर विद्यालय जाँदा निकै तनाव हुन्छ ।”

जोशीपुरका १३ वर्षीय बालक ४ कक्षामा पढ्छन् । बालकका बुबाआमा दुवैको निधन भइसकेको छ । ज्येष्ठ नागरिक हजुरबुवाको संरक्षणमा रहेका बालकलाई पनि विद्यालयमा गरिने विभेदले असह्य हुन्छ ।

“म पढाइमा राम्रो छु । सधैँ कक्षामा तृतीय स्थान ल्याउँछु, विद्यालयमा मेरा कोही साथी छैनन्”, बालक भने, ‘‘मेरो नजिक कोही आउनै मान्दैनन्, अनि मलाई पनि कक्षामा बस्न मन लाग्दैन । म नियमित विद्यालय जान्नँ । नियमित पढेको भए म प्रथम हुन्थेँजस्तो लाग्छ ।”

एचआइभी एड्सको प्रभावकारी रोकथाम, हेरचाह तथा उपचार सेवासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिए पनि सङ्क्रमितले अहिले पनि विभेद भोगिरहेको नवजीवन एकता समाजका अध्यक्ष जगत् भण्डारी बताउँछन् ।

“हामीले सङ्क्रमित बालबालिकाको शिक्षा आर्जन सहज गराउन लामो समयदेखि काम गरिरहेका छौँ, तर समस्या समाधान भएको देखिँदैन”, भण्डारी भन्छन्, “सङ्क्रमित अभिभावकका बालबालिका र स्वयं सङ्क्रमित बालबालिकाको निःशुल्क शिक्षाका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा पहल गरेका छौँ ।

उनीहरुलाई आवश्यक कापी किताब, पोशाकका लागि पनि सक्दो सहयोग गरिरहेका छौँ ।” भण्डारीको पहलमा कैलालीको टीकापुरका तीनवटा होटलमा बालबालिकाको शिक्षामा सहयोग सङ्कलन पेटिका राखिएका छन् ।

“तीन पेटिकामा वार्षिक जम्मा भएको रकम सङ्क्रमित बालबालिकालाई सहयोग गर्छौँ”, अध्यक्ष भण्डारीले भने, “एचआइभी सङ्क्रमितलाई समाजमा गरिने विभेद अन्त्य हुनुपर्छ । अन्य नागरिकसरह सङ्क्रमितले पनि समाजमा बस्न, रमाउन, काम गर्न पाउनुपर्छ ।”

यसका साथै सङ्क्रमितलाई अन्य नागरिकभन्दा बढी पोषण, आराम र उपचार आवश्यक पर्ने भएकाले उनीहरुको जीविकोपार्जनका लागि सबै सहयोगी बन्नुपर्ने उनको माग छ ।

कैलालीको टीकापुर अस्पतालबाट ५१६ जनाले एआरटी सेवन गरिरहेका छन् । तीमध्ये २९० महिला, १८४ पुरुष र ४२ बालबालिका छन् । एएचएफ नेपालका मदन परियार सङ्क्रमितमा महिलाको सङ्ख्या धेरै रहेको बताउनुहुन्छ ।

‘‘श्रीमान् बितेपछि एकल भएका महिला तथा तीनका बच्चा सङ्क्रमित हुँदा उनीहरुको जीविकोपार्जनमा समस्या भएको छ”, परियार भन्छन्, “एकल भएका सङ्क्रमित महिलालाई खानकै समस्या छ ।”

कैलालीको टीकापुरमा स्थापना भएको नवकिरण प्लसले सङ्क्रमितको जीवन माथि उकास्न विभिन्नखाले सहयोग गर्दै आएको छ । बसोबासको समस्या भएका सङ्क्रमित बासगाँस र एआरटी सेवन गर्न अस्पताल आउने सङ्क्रमितलाई यातायात खर्च उपलब्ध गराउँदै आएको छ ।

नवजीवन प्लसका वित्त अधिकृत धनबहादुर चौधरीका अनुसार कैलालीका १२४ बालबालिकालाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराउने गरिएको छ ।

“बालबालिकालाई मासिक रु एक हजारका दरले आर्थिक सहयोग गछौँ, उनीहरुको शिक्षा आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्य हो”, चौधरीले भने, “१२४ बालबालिकाले यो सुविधा लिइरहेका छन्, मासिक एक लाख २४ हजार बालबालिकालाई वितरण गर्छौँ ।”(रासस)

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top