×

NEPAL TIMES UPDATES

Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026
Playing
World News: १३ अमेरिकी सैनिकको मृ*त्यु, पोर्चुगलमा २५ सय नेपाली कानुनी झंझटमा || Nepal Times
Mar 17, 2026
Playing
७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी || Nepal Times
Mar 17, 2026
Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026

रोजगारीको खोजीमा कहिलेसम्म विदेशीने नेपाली ?

१७ मंसिर २०७७

१७ मंसिर, काठमाडौं । वैदेशिक रोजगारी नेपाल र नेपालीका लागि लामो समयदेखि बाध्यतले भरिएको नियति बनिरहेको छ ।

हरेक पटक सरकारको नेतृत्व गर्ने सरकारले बेरोजगारी नियन्त्रणका लागि घोषणापत्र देखिनै योजनासहितका प्रतिबद्धता जनाएपनि तिनको व्यवहारिक कार्यान्वयन नहुदा नेपालीको बाध्यता बनेको वैदेशिक रोजगारमा जानुको बाध्यता हट्न सकेको छैन । विश्वभर कोरोना कहर छ । तर यो कहरलाई समेत भोको पेटले दिएको चुनौती र स्वदेशमा रोजगारीको संभावना नदेखिएपछि अहिलेपनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउन सकेको छैन । नेपालको अहिलेको मुख्य समस्या भनेकै बेरोजगारी बनेको छ । निर्वाचनताका लाखौँलाई रोजगारी प्रदान गरेर बेरोजगारी समस्या निराकरण गर्ने सपना देखाउने जुनसुकै राजीनितिक दलहरुले राज्य सत्तामा पुगेपछि रोजगारी सृजना गरि बैदेशिक रोजगारमा गएकाहरुलाई स्वदेश फर्काउन त सकेनन नै वर्षेनी श्रम बजारमा थपिने जनशक्तिलाई समेत विदेश पलायन हुनबाट रोक्न सकेका छैनन् । ४५ लाख बढि युवा वैदेशिक रोजगारीमा रहेको अवस्थामा कोरोना महामारीको पर्वाह नगरी थप नेपाली युवा विदेशीन बाध्य छन् । कोरोना महामारीले विदेशमा भएका नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कदै गरेको अवस्थामा उतिनै संख्यामा नेपाली रोजगारीका लागि विदेशिदै पनि छन् । हाल कोरोना भाइरसको त्राससँगै लकडाउनका कारण आर्थिक क्रियाकलापहरु ठप्प प्रायः हुँदा कतिको रोजगारी गुमेको छ भने थप जनशक्ति श्रम बजारमा आउँदै छन् । यसले झनै बेरोजगारी समस्या उत्कर्षमा पुग्ने निश्चित नै छ । नेपालमा प्राप्त रोजगारीका अवसर समेत सीपयुक्त जनशक्तिको अभावमा नेपालीले नै नपाउँदा विदेशी नागरिकले उपभोग गरिरहेका छन् । त्यसले समेत भारतसँगै खाडी मूलुक जान नेपाली बाध्य छन् । यतिसम्म कि कोरोना महामारीको बिचमा साउन देखि कात्तिक महिना भित्र २० हजार भन्दा बढि नेपाली युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।

Advertisement

चालु आर्थिक वर्षको कात्तिकसम्ममा २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति पाएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । लकडाउनका कारण केहिसमय बन्द भएको श्रम स्वीकृतिको प्रकृया विभागले पुनः खुला गरेसँगै हजारौँ ले श्रम स्वीकृतिका लागि आवेदन दिएका थिए । साउन महिनामा ३ हजार १ सय ५२ जना, भदौमा १ हजार ५ सय १५ जना, असोजमा ८ हजार ९७ जना, कात्तिकमा कुल ७ हजार ७ सय ९७ जनाले श्रम स्वीकृति लिए । नेपालमै रोजगारीका अवसर सृजना हुन सकेको भए कोरोना महामारीको त्रासमा युवाहरु रोजगारीकै लागि विदेश जानुपर्ने बाध्यता हुने थिएन तर कोरोनाको पर्बाह नगरी पछिल्लो ४ महिनाको अवधिमा विदामा आएका नेपालीहरु धेरै फर्किएका छन् । विभागका अनुसार नयाँ रोजगारीमा जाने भन्दा विदामा आएकाहरु धेरै फर्किएका छन् । ४ महिनामा श्रम स्वीकृति लिएकामध्ये ८३ प्रतिशत श्रमिक एकपटक रोजगारीमा गएर पुनः फर्कनेहरु छन् । तर पहिलोपटक विदेश जानेको लागि दिइने श्रम स्वीकृति ढिलो मात्रै खुला गरिएकाले पुनः श्रम स्वीकृति लिनेको संख्या बढी देखिएको हो । सरकारले पुनः श्रम स्वीकृति गत असारदेखि खुला गरेको थियो । तर, विदेश जानेका लागि दिइने श्रम स्वीकृति भने भदौ १५ देखि मात्रै खुला भएको थियो । यो अवधिमा विदेश जानेमध्ये म्यानपावर लगायत रिक्रुमेन्ट कम्पनीबाट जानेको संख्या निकै कम छ । यो अवधिमा जम्मा १ हजार ५ सय ३७ जना व्यक्ति मात्रै म्यानपावरमार्फत विदेश गएका छन् । भदौ १५ देखि स्वीकृति खुला भएसँगै ४९ जनाले म्यानपावरमार्फत श्रम स्वीकृति लिए । असोजमा ६ सय २६ जना र कात्तिक महिनामा ८ सय ६२ जनाले म्यानपावरमार्फत विदेश जाने श्रम स्वीकृति पाए । व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या पनि साउन महिनामा शुन्य थियो । भदौमा ६७ जना, असोजमा ५ सय १६ जना तथा कात्तिकमा ४ सय १४ जनाले व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति पाएका छन् । यसरी अर्थोपार्जनका लागि विदेशिन बाध्य नेपालीहरुलाई सरकारले रोजगारीको उपयुक्त अवसर प्रदान गर्न सके विदेशी भूमिमा प्रयोग गरिने श्रम नेपालको विकासमा प्रयोग हुने थियो ।

कोरोना महामारीको समयमा परिवारजनसँग छुट्टिएर जोखिमपूर्ण श्रममा विदेशीन बाध्य नेपालीहरुका लागि सरकारले तत्काल रोजगारीका अवसरहरु सृजना गरि स्वदेशमा गरिखाने अवसर प्रदान गर्ने दिन कहिले आउलान । योजना र राजनीतिक अभिब्यक्ति कहिले कार्यान्वयन होलान ? यो आम नेपाली युवाको अपेक्षाको विषय हो । अब नेपालमा सहज तरिकाले कृषि क्षेत्रबाट धेरै रोजगारीका अवसर सृजना गर्न सकिने भएकाले स्थानीय तहले व्यापकरुपमा कृषि क्षेत्रमा जनशक्ति परिचालन गर्ने रणनीति बनाउनुपर्छ । त्यसका लागि संघीय सरकार र प्रदेश सरकारले यथासक्य सहयोग गरि विदेशबाट फर्किएकाहरुमा रहेको सीप र ज्ञानको प्रयोग गर्ने मौका दिनुपर्छ । उद्योग वाणिज्य महासंघमा भर्खरै आएको नयाँ नेतृत्वले समेत कृषि क्षेत्रमा रोजगारी सृजना गर्न सरकारसँग हातेमालो गर्ने योजना बनाएको छ । योजना केवल योजना मात्रै नबनोस । घर परिवार चलाउनकै लागि खेतबारी बाझा राखेर विदेशिएकाहरु स्वदेश फर्किने वातारण बन्न सकोस ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top