१८ मंसिर, विराटनगर ।
नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई कुनै पनि असर नगर्ने चीनले उल्लेख गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले भनिन्,’मेलै के कुरामा जोड दिनुपर्छ भने चीन र नेपालको मित्रवत सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक छ ।
भारततर्फ संकेत गर्दै उनले भनिन्, हाम्रो सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई असर गर्ने छैन् ।’ उनले नेपाल र चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएको बताइन् ।
उनले भनिन्, ‘चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन काम गर्न, बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्याउन काम गर्न तयार छ ।’