×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

मधेसमा अपराधः ससाना विवाद, रिसइबीदेखि छलफल क्रममा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने प्रवृति बढ्दै

२० मंसिर २०७७

काठमाडौँ : भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहमाथि खाना खाँदै गर्दा गोली प्रहार भयो। गोली लागेर ढलेका उनी अस्पताल पु९याउनेबित्तिकै मृत घोषित भए।

गाउँमा विभिन्न विषयमा छलफल हुँदा उनी फरक मत राख्थे, नाजायज कामको विरोध गर्थे। सोही क्रममा देवाही गोनाही नगरपालिका–१ करुनियाका ३६ वर्षीय रामनरेश राउत पटेलसँग उनको सामान्य विवाद भएको थियो। रामनरेशका बुवाले पुजारीसँग केही रकम ब्याजमा लिएका थिए। उक्त रकमलाई लिएर पनि विवाद उत्पन्न भएको थियो।

Advertisement
Advertisement

लेनदेनको विषयमा भएको सामान्य विवादमा नरेशले आफूसँग भएको अवैध हतियार पुजारीमाथि प्रहार गरे। त्यसपछि फरार रामनरेशलाई आफ्ना सहयोगीसहित प्रहरीले पक्राउ गरी नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको थियो। कात्तिक २६ गते रौतहटको माधवनारायण नगरपालिका–७ की १७ वर्षीया अमृताकुमारी साहमाथि पेस्तोल प्रहार भयो। साहमाथि गोली हानेर फरार भएका आरेपितहरूलाई प्रहरीले पक्राउ गरी कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको थियो। त्यस्तै असोज २९ गते पर्साको ठोरी गाउँपालिकाको विजय बस्तीस्थित ओरिया खोलाको बगरमा बन्दुकधारी समूहले प्रहरीलाई ताकेर गोली चलाए।

प्रहरीले सावधानी अपनाएका कारण मानवीय क्षति हुन पाएन। अवैध भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउन्ड गोली र एक थान खुकुरीसहित प्रहरीले चारजनालाई पक्राउ गरेका थिए।

ससाना विवाद, रिसइबीदेखि छलफल क्रममा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको बिगबिगीका कारण कोर मधेस (प्रदेश २) मा हत्याहिंसाका घटना बढ्दो छ। सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा कटुवादेखि ‘स्वचालित’ पेस्तोलसम्म प्रयोग भएको पाइन्छ। प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन्।

Advertisement
Advertisement

खुला सीमाका कारण वारिपारिको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top