तेस्रो विवाह गर्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

२० मंसिर ७७, शनिबार
Share this
688shares

२० मंसिर, सल्यान ।
बहुविवाहको आरोपमा एकजना वडाअध्यक्ष पक्राउ परेका छन् ।

Advertisement

एक विवाहित महिला भगाएर तेस्रो बिहे गर्ने सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई पक्राउ परेका छन्।

वडाध्यक्षले तेस्रो बिहे गरेको भन्दै वडाबासीले प्रहरीमा बहुविवाहको जाहेरी दिएपछि पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए।

Advertisement

प्रहरीले वडाध्यक्ष कुमाई र उनले बिहे गरेकी ग्वामी विष्टलाई समेत प्रहरीले शुक्रवार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको हो। कुमाईका यसअघि नै दुई श्रीमती छन्।

उनीहरुबाट चार जना छोराछोरी पनि छन्। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top