२० मंसिर, विराटनगर ।
मोरङ प्रहरीले कर छलि अवैध रुपमा सामान भण्डार गरिराखेको अवस्थामा विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।
शनिबार विराटनगर महानगरपालिका वडा नं.–११ रामपुर बस्ने बर्ष २६ का जितेन्द्र भगतले आफुले सन्चालन गरेको किराना पसलको पछाडीको कोठामा तथा विराटनगर ६ स्थित संजित साहको घरमा कोठा भाडामा लिई अवैध रूपमा कर छलि गरी सामान भण्डार गरी राखेको अवस्थामा प्रहरीले छापा मारी भगतलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अन्दाजी १ लाख २४ हजार मुल्य बराबरको सामान सहित जितेन्द्र भगतलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध रुपमा भण्डार गरिएका चिनी ४० बोरा वलवान खैनी ३६ पोका, म्यागो चकलेट १ प्याकेट लगायत बरामद गरेको थियो ।

बरामद गरेको अवैध सामानसहित भगतलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइने मोरङ प्रहरीले जनाएको छ ।