बुटवलमा गोली चल्योः प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागी एकजना घाइते

बुटवलमा गोली चल्योः प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागी एकजना घाइते

२१ मंसिर, बुटवल ।
बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा तस्करहरु बसेको सूचना पाएर त्यहाँ पुगेको प्रहरीमाथि तस्करले गोली चलाएका छन् । गोली लागेर एक जना घाइते भएका छन् ।

चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको प्रहरीको दावी छ ।

प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ । प्रहरीहरु सादा पोशाकमा होटेलमा गएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.