सामाजिक सुरक्षा कोषबाट योगदानकर्तालाई करोडसम्म ऋण

२१ मंसिर ७७, सोमबार

काठमाडौँ : सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले एक करोड रुपैयाँसम्म ऋण पाउने बाटो खुलेको छ । सरकारले लगानीसम्बन्धी कार्यविधि पारित गरेपछि योगदानकर्तालाई अब सजिलो भएको छ । कोषको सचिवालयले कार्यविधिको मस्यौदा पेस गरेको दुई वर्षपछि मात्रै सरकारले पारित गरेको हो ।

कोषका कार्यकारी अधिकृत कपिलमणि ज्ञवालीले योगदानकर्ता र परियोजनामा लगानी गर्न बाटो खुलेको बताए । ‘तत्काल १२ वटा स्किममा लगानी गर्न सकिनेछ,’ उनले भने, ‘अब हामी तत्काल कार्यान्वयनमा जानेछौं ।’ अब योगदानकर्ताले घर सापटीबापत ७५ लाख वा १५ वर्षको तलबबराबर रकम पाउनेछन् । ३५ लाखसम्मको शैक्षिक सापटी र ५ लाख रुपैयाँबराबरको सामाजिक कार्य सापटी रकम पाइनेछ । त्यस्तै, कोषले परियोजना कर्जासमेत दिन सक्ने ज्ञवालीले बताए । ‘२५ करोडबराबरको जमानत कर्जा, तीन अर्बबराबरको संस्थागत कर्जा र तीन अर्बबराबर सहवित्तीयकरण कर्जा दिन सकिन्छ,’ उनले भने ।

कोषले सरकारी ऋण पत्र, मुद्दती निक्षेप, सेयर, डिभेन्चर, म्युचुअल फन्ड र स्थिर सम्पत्तिमा लगानी गर्न पाउनेछ । ‘अहिलेसम्म कोषमा रकम जम्मा मात्रै गर्दै आइरहेका थियौं । बल्ल लगानी गर्ने बाटो खुलेको छ,’ ज्ञवालीले भने । उनका अनुसार कोषमा ३ अर्ब १० करोड योगदान रकम जम्मा भइसकेको छ ।

Advertisement

सरकारले असल श्रमसम्बन्ध स्थापित गरी श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्न भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको थियो । पहिलो वर्ष २०७६ मंसिरमा कोषमा सूचीकृत प्रतिष्ठानको संख्या ११ हजार ८ सय १३ वटा पुगिसकेको थियो । पछिल्लो एक वर्षमा एक हजार एक सय २ वटा मात्रै थपिएका छन् । २०७६ मंसिरमा १ लाख २३ हजार ५ सय श्रमिक सहभागी भएका थिए । पछिल्लो एक वर्षमा ५६ हजार २ सय ९१ जना मात्रै थपिएका छन् । यसमध्ये गत कात्तिक मसान्तसम्म झन्डै ७२ हजारले मात्रै नियमित बचत गरेका छन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top