×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

शे-फोक्सुन्डोका पाटनमा अब डोल्पालीले मात्रै यार्चागुम्बु संकलन गर्न पाउने

२२ मंसिर २०७७

फोक्सुन्डो, डोल्पा: शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका पाटनमा डोल्पा जिल्लावासीले मात्र यार्चागुम्बु संकलन गर्न पाउने व्यवस्था मिलाउन लागिएको छ । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत (वार्डेन) सरोजमणि पौडेलले अरू जिल्लावासीलाई रोक लगाउन निर्देशिका संशोधन प्रक्रिया अघि बढेको जानकारी दिए ।

‘स्थानीयको मागअनुसार मध्यवर्ती क्षेत्र र बढीमा डोल्पा जिल्लावासीलाई मात्र यार्चा संकलन गर्न दिने गरी निर्देशिका संशोधन हुँदै छ,’ उनले भने ।

Advertisement
Advertisement

यार्चागुम्बु व्यवस्थापन (संकलन ओसारपसार) निर्देशिका २०७३ संशोधन गर्न निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत निर्णय गरेर निकुञ्जले प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले निर्देशिका स्वीकृत गरेलगत्तै डोल्पामा अरू जिल्लाका बासिन्दाले यार्चा संकलनको अनुमति पाउनेछैनन् । ‘सबैलाई यार्चा संकलन गर्न दिँदा अनावश्यक भीड भयो, चोरी सिकारलगायत घटना पनि बढ्यो,’ पौडेलले भने, ‘स्थानीय बासिन्दाले पनि बाहिरी जिल्लाकालाई रोक लगाउन माग गर्दै आएका थिए ।’

मुलुकमै डोल्पामा सबैभन्दा बढी यार्चा संकलन हुने गरेको छ र यहाँको यार्चा अन्यत्रको भन्दा बढी मूल्यमा पनि बिक्छ । विगतमा यहाँको यार्चा प्रतिकिलो ४० लाख रुपैयाँसम्म बिकेको स्थानीय बताउँछन् । गत वर्ष भने कोरोनाका कारण यार्चा संकलन भएन । यो वर्ष यार्चा संकलन खुलाउने तयारी सुरु गरिसकेको निमित्त प्रमुख पौडेलले जानकारी दिए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि पाटनमा यार्चा संकलन खुलाउन निकुञ्जको ध्यानाकर्षण गराइसकेको छ । यहाँको यार्चा चीन, सिंगापुर र युरोपेली मुलुकमा निकासी हुने गरेको छ । यार्चा शक्तिवर्द्धक टनिकका साथै अन्य औषधि निर्माणमा प्रयोग हुन्छ ।

निकुञ्जअन्तर्गत पर्ने उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पो बुद्ध तथा तल्लो डोल्पाका काइके, जगदुल्ला गाउँपालिकासहित ठूलीभेरी र त्रिपुराकोट नगरपालिकाका विभिन्न पाटनमा यार्चा पाइन्छ । उपल्लो डोल्पाका बासिन्दाको आम्दानीको मुख्य स्रोत नै यार्चा हो । निकुञ्जको भित्री भाग (कोर एरिया) र मध्यवर्ती क्षेत्रबाहेक डिभिजन वन कार्यालयले हेर्ने वन क्षेत्रका पाटनमा पनि यार्चा पाइन्छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रबाहेकका पाटनमा यार्चा संकलनको अनुमति र छुटपुर्जी भने डिभिजन वन कार्यालयले नै दिन्छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा संकलन भएको यार्चाको छुटपुर्जी निकुञ्ज कार्यालयले राजस्व लिएर दिन्छ । सरकारले एक किलो यार्चाको ३० हजार रुपैयाँ राजस्व तोकेको छ ।

डोल्पाका पाटनमा पाइने यार्चा ठूलो र मूल्य पनि बढी पाइने भएकाले संकलन गर्न अरू जिल्लाबाट हजारौंको संख्यामा आउँथे । एउटै पाटनमा १० देखि २० हजार जनासम्म यार्चा संकलन गर्न आउने भएकाले लुटपाटका घटनाका साथै स्थानीय र अन्य जिल्लाका संकलकबीच झडपसमेत हुने गरेको स्थानीयले सुनाए । झडप र लुटपाटका घटना हुने भएकाले यार्चा टिप्ने बेला सुरक्षार्थ नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गर्ने गरिएको छ । ‘सबैलाई खुला गर्दा राजस्व बढी संकलन त होला तर विनाश र स्थानीयसँग द्वन्द्व बढ्ने भएकाले जिल्लावासीलाई मात्र संकलन गर्न दिने तयारी भएको हो,’ पौडेलले भने ।

जेठदेखि असारसम्म डोल्पाका पाटनमा यार्चा किन्ने व्यापारीको घुइँचो लाग्छ । यार्चा व्यापारीहरू यार्चा किन्न काठमाडौं, पोखरालगायत स्थानबाट हेलिकप्टर नै लिएर पाटनमा पुग्छन् । ‘वर्षौंदेखि हामीले संरक्षण गरेको जडीबुटी भएकाले हाम्रो स्वामित्व हुनुपर्छ भनेर आवाज उठाउँदै आएका हौं,’ शे–फोक्सुन्डो गाउँपालिका–८ का नेकपा अध्यक्ष छेवाङ ग्याल्बो लामाले भने, ‘जीवनयापन र आम्दानीको मुख्य स्रोत नै जडीबुटी भएकाले स्थानीयले मात्र संकलन गर्न पाउनुपर्छ ।’ केही दिनअघि निकुञ्जको स्थलगत अध्ययनमा आएको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीसँग पनि स्थानीयले जडीबुटी र अन्य प्राकृतिक स्रोतसाधनको उपयोगमा स्थानीयको अग्राधिकार भएकाले जिल्लाबाहिरका व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका थिए । निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दासँग ५ सय, मध्यवर्ती क्षेत्रबाहेकका निकुञ्ज रहेको जिल्लावासीसँग २ हजार र अन्य जिल्लाका बासिन्दासँग ३ हजार दस्तुर लिएर यार्चा संकलन अनुमति दिँदै आएको थियो ।

Advertisement

निकुञ्जका अनुसार आर्थिक वर्ष ०७५/७६ मा यार्चाबाट ३ करोड ११ लाख १० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो भने यार्चा संकलन गर्न १४ हजार ८ सय ८३ जनाले पुर्जी लिएका थिए । ,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top