भारतमा कोभिसिल्ड भ्याक्सिन प्रयोग गर्न एसआइआइले माग्यो स्वीकृति

२२ मंसिर ७७, सोमबार

२२ मंसिर, एजेन्सी ।
सिरम इन्स्टिट्युट अफ इन्डिया (एसआइआइ) ले कोरोना भ्याक्सिनविरुद्ध ‘कोभिसिल्ड’ भ्याक्सिनको प्रयोग गर्न स्वीकृति मागेको छ।

Advertisement

अक्सफोर्ड र एस्ट्रेजेनेकासँगको सहकार्यममा एसआइआइले उत्पादन गरिरहेको कोभिसिल्ड भ्याक्सिनको भारतमा क्लिनिकल ट्रायल चलिरहेको छ। सिरमले ड्रग्स कन्ट्रोलर अफ इन्डियासँग कोभिसिल्डको आपतकालिन प्रयोगका लागि आवेदन दिएको हो।

बेलायत र बहराइनमा प्रयोगका लागि स्वीकृति पाइसकेको फाइजरले पनि भारतमा आफ्नो भ्याक्सिनको प्रयोगको प्रयोगका लागि निवेदन दिइसकेको छ। कोभिसिल्ड भ्याक्सिन हाल क्लिनिकल ट्रायलको अन्तिम चरणमा रहेको छ।

Advertisement

पुणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिचर्सको सहायतामा तेस्रो चरणको परीक्षण गरिरहेको हो। पहिलो र दोस्रो परीक्षणको नतिजाको आधारमा कोभिसिल्डको आपतकालिन प्रयोगका लागि अनुमति मागिएको हो।

उक्त भ्याक्सिनको करिब ४ करोड डोज उत्पादन भइसकेको एसआइआइले जनाएको छ। भारतमा गरिएको परीक्षणसँगै ब्राजिल र बेलायतमा भएको क्लिनिकल ट्रायलमा समेत उक्त भ्याक्सिनले लक्षण सहितका कोरोना संक्रमित र गम्भिर कोरोना संक्रमितमा प्रभावकारी देखिएको थियो।

Advertisement

भारतले भने क्लिनिकल ट्रायल सम्पन्न भएपछि मात्रै भ्याक्सिनलाई मान्यता दिने बताएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top