अभिनेत्री स्वेता खड्काले कसिन् लगनगाँठो

२२ मंसिर, काठमाडौं ।

अभिनेत्री स्वेता खड्का आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । स्वेतासँग बिहे भएकाे २ दिनमै श्रीकृष्ण बिरामी भए । उपचारकै क्रममा २०७१ साउन २५ गते उनकाे निधन भएकाे थियाेे ।

Advertisement

विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

स्वेताले श्रीकृष्णसँगै ‘कहाँ भेटिएला’मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । ‘काेहिनुर’, ‘कान्छी’ उनले अभिनय गरेका फिल्महरु हुन् । उनी पछिल्लाे समय समाजसेवामा पनि सक्रिय रहँदै आएकी छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top