×

NEPAL TIMES UPDATES

Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026

मन्त्रालयहरुले प्रस्तुत गरे पहिलो चौमासिकको प्रगति, कुन मन्त्रालयको कस्तो ?

२३ मंसिर २०७७

२३ मंसिर, काठमाडाैँ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४० दशमलव ९४र भौतिक प्रगति ४२ दशमलव ६६ प्रतिशत रहेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको मङ्गलबारदेखि शुरु भएको बैठकमा सो मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागको वित्तीय प्रगति ४३ र भौतिक प्रगति ४६ दशमलव चार प्रतिशत भएको बताए ।

Advertisement
Advertisement

उनका अनुसार रेल विभागको वित्तीय प्रगति २७ दशमलव ६३ र भौतिक प्रगति २७ दशमलव ६३ प्रतिशत रहेको छ भने यातायात व्यवस्था विभागको वित्तीय प्रगति दुई दशमलव ३२ र नेपाल पानीजहाज कार्यालयको वित्तीय प्रगति शून्य दशमलव ४७ प्रतिशत र भौतिक प्रगति शून्य दशमलव ८४ प्रतिशत रहेको जानकारी दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय प्रगति ६७ दशमलव ७३ र भौतिक प्रगति ७६ दशमलव ७४ प्रतिशत रहेको सहसचिव नुरमोहम्मद खाँले बताए । ऊर्जातर्फ वित्तीय प्रगति ७८ र भौतिक प्रगति ७७ दशमलव ८८ प्रतिशत रहेको र जलस्रोत तथा सिँचाइतर्फ वित्तीय प्रगति ४२ दशमलव ६६ र भौतिक प्रगति ७३ दशमलव ६४ प्रतिशत रहेकोे उनले जानकारी दिए।

त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४ दशमलव ५७ र भौतिक प्रगति ३३ दशमलव ६३ प्रगति रहेको सचिव रेश्मीराज पाण्डेले प्रस्तुत गरेका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३० दशमलव ३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले जानकारी दिए । युवा तथा खेलकूद मन्त्रालयको वित्तीय प्रगति ८५ दशमलव २२ र भौतिक प्रगति ९५ दशमलव १० प्रतिशत पूरा भएको सचिव रामप्रसाद थपलियाले प्रस्तुत गरेका थिए ।

मन्त्रालयहरुको चौमासिक प्रगति विवरणको प्रस्तुति सहितको उपसमितिको बैठक आजदेखि शुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले छन् । सो भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकूद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका छन् ।

बैठकमा सचिवहरुले विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानूनी समस्याका बारेमा समेत उपसमितिलाई जानकारी गराए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, सदस्यहरु डा कृष्णप्रसाद ओली, डा दिलबहादुर गुरुङ, डा उषा झा, मीनबहादुर शाही, डा रामकुमार फुयाँल, सदस्यसचिव केवलप्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायत कार्यालयका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो । राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीका अनुसार बैठक आगामी मङ्सिर २६ गतेसम्म सञ्चालन हुने छ।

Advertisement

भर्खरको समाचार

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

सम्बन्धित खबरहरु

Scroll to Top