×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

त्रिविको ४६औं दीक्षान्त समारोह : सीमित विद्यार्थी मात्र सहभागी हुने

२३ मंसिर २०७७

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले यो वर्षको ४६औं दीक्षान्त समारोह संक्षिप्तरुपमा आयोजना गर्ने भएको छ । आउँदो पुस ६ गते त्रिवि परिसरमै आयोजना हुने समारोहमा सरकारले अपनाएको सबै स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ । समारोहमा सहभागी विद्यार्थीले अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्नेछ । उपाधि लिने विद्यार्थीले फेससिल्डसमेत प्रयोग गर्नुपर्ने भएको छ ।

त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र दीक्षान्त समारोहमा सहभागी गराइने बताउनुभयो । दीक्षान्त समारोहमा त्रिविले प्रमुख अतिथिका रुपमा भारतका विभिन्न विश्वविद्यालयका उपकुलपति र विशिष्ट व्यक्तिलाई निम्तो दिएको थियो ।

Advertisement
Advertisement

कोभिड–१९का कारण विदेशी पाहुनाले उपस्थित हुन नसक्ने जानकारी दिएपछि यो वर्षको दीक्षान्त समारोहका प्रमुख अतिथिका रुपमा पूर्वराष्ट्रपति डा। रामवरण यादव रहनुहुने भएको छ ।

यो वर्षको दीक्षान्त समारोहमा एमफिल, पीएचडी, पदक पाउने र केही उत्कृष्ट विद्यार्थीलाई मात्र सहभागी गराउने तयारी त्रिविले गरेको छ । दीक्षित विद्यार्थीहरु तोकिएकै पोसाकमा उपस्थित हुनुपर्ने भएको छ ।

रजिस्ट्रार प्राडा दाहालका अनुसार दीक्षान्त समारोह त्रिविको खुला चौरमा सीमित सहभागितामा सरलरुपमा आयोजना गर्न लागेको हो । ‘हामी भीडभाड गर्दैनौं, सीमित र पदक पाउने विद्यार्थीलाई मात्र सहभागी गराउने भएका छौं।’ –रजिस्ट्रार प्राडा दाहालले भन्नुभयो ।

सबैलाई एकैसाथ शैक्षिक उपाधि उपलब्ध गराउन असम्भव भएपछि त्रिविले मूल कार्यक्रम सकेलगत्तै संकायअन्तर्गतका विद्यार्थीलाई उपाधिको प्रमाणपत्र उपलब्ध गराउने भएको छ ।

सबै संकायले छुट्टाछुट्टै उपाधिको प्रमाणपत्र दिने तयारी गरेको छ । त्रिविअन्तर्गत ९ संकायको डीन कार्यालयले उपाधिको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरेको छ ।

कोभिडको कारण देखाई रोक्ने अवस्था नभएपछि त्रिवि कार्यकारी परिषद्को बैठकले पुस ६ गते दीक्षान्त समारोह आयोजना गर्ने घोषणा गरेको हो ।

यसअघि त्रिवि स्मृति भवनमा आयोजना गर्ने तयारी भएको थियो । खुला क्षेत्र आवश्यक पर्ने भएकाले स्मृति भवन वा त्यसको विकल्पका रुपमा त्रिवि परिसरको चौर वा परीक्षा नियन्त्रण कार्यालय बल्खु परिसरमा गर्ने तयारी भइरहेको रजिस्ट्रार प्राडा दाहालले जानकारी दिनुभयो ।

यो वर्ष करिब ७ हजारभन्दा बढी विद्यार्थीले दीक्षान्तका लागि आवेदन फारम भरेका थिए । तीमध्ये सीमितलाई मात्र आमन्त्रण गर्ने तयारी भइरहेको छ । त्रिविले समारोहलाई प्रविधिसँग जोडेर जुम र विभिन्न टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ ।

कसरी बढी सहभागिता हुने गरी आयोजना गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताउँदै रजिस्ट्रार दाहालले भन्नुभयो– ‘मिति र प्रमुख अथिति निक्र्योल भइसकेको छ । सहभागितासहित अन्य विषयमा निर्णय गर्न बाँकी छ ।’

यो वर्ष दीक्षान्त समारोह आयोजना नगर्दा विद्यार्थीहरुको उपाधिमा समस्या पर्ने भएपछि विषम परिस्थितिमा भए पनि आयोजना गर्ने निर्णय भएको हो ।

Advertisement

त्रिविले संकायगत गर्ने वा एकैस्थानमा समारोह आयोजना गरी उपाधिका लागि छुट्टाछुट्टै स्टल राखेर वितरण गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको त्रिविले जनाएको छ ।, यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top