सर्वदलीय बैठक अघि मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न

सर्वदलीय बैठक अघि मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न

२३ मंसिर, काठमाडौँ ।
अहिले ११ बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बस्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ ।

बिहान ९ बजेबाट बसेको बैठक करिब १ घण्टामा सकिएको मन्त्रिपरिषद् बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिए ।  प्रधानमन्त्री ओलीले ११ बजे सर्वदलीय बैठक डाकेका छन् ।

संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.