भारतविरुद्धकाे टी-२० सिरिजमा अष्ट्रेलियाको सान्त्वना जित

२३ मंसिर ७७, बुधबार

२३ मंसिर, एजेन्सी ।

अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि- २० आई खेलमा भारतलाई १२ रनले पराजित गरेको छ । १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । यो सँगै तीन टि२० आई खेलको सिरिज भारतले २–१ ले जितेको छ ।

साेमबार सिड्नीमा भएकाे खेलमा भारतका कप्तान विराट कोहलीले ६१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

Advertisement

ग्लेन म्याक्सवेलको पहिलो ओभरको दोस्रो बलमा ओपनर लोकेश राहुल डीप मिडविकेटमा स्टिभ स्मिथबाट शून्यमा क्याच आउट हुन पुगेका थिए । स्पिनर मिचेल स्वीपसनको नवौं ओभरको पाँचौ बलमा शिखर धवन ड्यानियल साम्सबाट २८ रनमा क्याच आउट भए । धवनले २१ बलमा ३ चौका प्रहार गरे । स्वीपसनले १३ औं ओभरको चौथो बलमा सञ्जु स्यामसनलाई १० रनमा स्मिथबाट क्याच आउट गराए । यसै ओभरको अन्तिम बलमा श्रेयस ऐर शून्यमा एलबिडब्लू आउट भएपछि भारत दबाबमा परेको थियो ।

१८ औं ओभरको पहिलो बलमा स्पिनर एडम जाम्पाले हार्दिक पान्ड्यालाई फिन्चबाट २० रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया जिततर्फ अघि बढेको थियो । हार्दिकले १३ बलमा १ चौका र २ छक्का प्रहार गरे । १९ औं ओभरको पहिलो बलमा एन्ड्रयु टाइले कोहलीलाई साम्सबाट क्याच गराएपछि भारतको जित टाढिएको थियो । शार्दुल ठाकुरले ७ बलमा २ छक्का सहित १७ रनमा अविजित रहे ।

अष्ट्रेलिया जितमा स्पिनर मिचेल स्वीपसनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर एन्ड्रयु टाईले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । स्पिनर एडम जाम्पा, ग्लेन म्याक्सवेल र सन एबटले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । अष्ट्रेलिया ओपनर म्याथ्यु वेडले ५३ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए । आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल ३६ बलमा ३ चौका र ३ छक्का सहित ५४ रनमा बोल्ड आउट भए । तेस्रो विकेटका लागि म्याक्सवेल र वेडले ५३ बलमा ९० रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

अष्ट्रेलियाको सुरुवात भने राम्रो भएको थिएन । दोस्रो ओभरको चौथो बलमा कप्तान आरोन फिन्च अष्ट्रेलियाले १४ रन जोड्दा शून्यमा क्याच आउट हुन पुगेका थिए । फिन्च स्पिनर वासिन्टन सुन्दरको बलमा मिडअफमा हार्दिक पान्ड्याबाट सहज क्याच आउट हुन पुगेका थिए । स्टिभ स्मिथलाई सुन्दरलेनै दशौं ओभरको चौथो बलमा २४ रनमा बोल्ड आउट गरे । स्मिथले २३ बलमा १ चौका प्रहार गरे । दोस्रो विकेटका लागि स्मिथ र वेडले ६५ रनको साझेदारी गरेका थिए ।

म्याक्सवेलले ब्यक्तिगत १९ रनमा जीवनदान पाएका थिए । १३ औं ओभरको अन्तिम बलमा म्याक्सवेल विकेटकिपर लोकेश राहुलबाट क्याच आउट हुन पुगेपनि स्पिनर युजभेन्द्र चहलले नो बल गरेको कारण उनी पुन ः ब्याटिङको लागि क्रिजमा फर्किंएका थिए । जुन जीवनदान भारतलाई भारी पर्यो ।

वेडलाई १९ औं ओभरको दोस्रो बलमा शार्दुल ठाकुरले एलबिडब्लू आउट गरेका थिए । म्याक्सवेललाई अन्तिम ओभरको पहिलो बलमा टि नटराजनले बोल्ड आउट गरेका थिए । मोइजेस हेनरिक्स ५ र ड्यानियल साम्स ४ रनमा अविजित रहे । डार्सी सर्ट ७ रनमा रन आउट भए ।

भारतका स्पिनर वासिन्टन सुन्दरले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । तिव्र गतिका बलर टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा भारत ११ र दोस्रो बलमा ६ विकेटले हुँदै सिरिज जितेको थियो ।

तीन ओडिआई खेलको सिरिज अष्ट्रेलियाले २-१ ले जितेको थियो । भारत र अष्ट्रेलियाबीच थप चार टेष्ट खेलको सिरिज हुने छ । पहिलो टेष्ट डिसेम्बर १७ देखि एडिलेड ओभलमा हुने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top