हत्या हिंसाको पूरानो कालखण्ड दोहोरिन लागेको छ: प्रधानमन्त्री

हत्या हिंसाको पूरानो कालखण्ड दोहोरिन लागेको छ: प्रधानमन्त्री

२३ मंसिर, काठमाडाैँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको बताएका छन् । उनले समाज पथभ्रष्ट हुँदै पूरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताएका हुन् ।

मोरङको मिक्लाजुङ्गमा भएको हत्याको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्या हिंसाको पूरानो कालखण्ड दोहोरिन लागेको बताउँदै उनले सबैलाई सचेत रहन भन्दै सरकारले यस्ता गतिविधि हुन नदिने आश्वासन दिए ।

ओलीले देशमा अहिले राजनैतिक समस्या निम्त्याउन खोजिएको पनि बताए । राजनैतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएपनि सफल नहुने पनि उनको भनाइ थियो ।

काठमाडौं दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा ज्येष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.