×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

सगरमाथाको उचाइमा किन जोडियो चीन ?

२४ मंसिर २०७७

काठमाडौँ : सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८ हजार ८४८ दशमलव ८६ मिटर भएको नेपाल र चीनका राष्ट्रपतिले संयुक्त रूपमा घोषणा गरेका छन् । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका राष्ट्रपति सी चिनफिङको सन्देश स्टेट काउन्सिलर (विदेशमन्त्री) वाङ यीले वाचन गरेर सगरमाथा (चिनियाँ भाषामा चोमोलोङ्‍मा) को उचाइ घोषणा भएको हो ।

दुवै मुलुकका राष्ट्रपतिले मंगलबार विदेशमन्त्रीहरूमार्फत जारी गरेको सन्देशमा सगरमाथारचोमोलोङ्‍माको उचाइ संयुक्त रूपमा घोषणा गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका थिए ।

Advertisement
Advertisement

योसँगै उठ्ने सगरमाथा नेपालको कि चीनको ? नेपालको भए चीन किन यसमा सहभागी भयो ? भन्ने सम्भावित प्रश्नहरूको जवाफ नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले दिएका थिए । नापी विभागमा आयोजित ुसगरमाथाको उचाइ घोषणा तथा सम्मान समारोहुमा ज्ञवालीले सगरमाथाको उचाइको ुविश्वसनीयता र प्रामाणिकताको लागिु चीनलाई सहभागी गराइएको बताए ।

त्यसो त सगरमाथा नेपाल र चीनको सीमामा पर्छ । सगरमाथाको टुप्पो भने नेपालमा पर्छ । सगरमाथाको दक्षिणमा नेपाल छ भने उत्तरमा चीन । त्यसैले पनि सगरमाथाको उचाइ घोषणामा चीनलाई सहभागी गराइएको मन्त्री ज्ञवालीले बताए । ‘सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । त्यसो भएर यसको उचाइ संयुक्त रूपमा घोषणा गरिनु आवश्यक थियो, यसको विश्वसनीयताका लागि,’ उनले थपे, ‘नेपालको नापी विभागले उचाइ मापन सुरु गरेर डाटाहरू प्रोसेसिङ गर्दै जुन बिन्दुमा ल्याइपुर्‍याएको थियो चिनियाँ मित्रहरूले गरेको सर्भे र उहाँहरूको तथ्यांक प्रशोधनमा पनि समान डाटाहरू देखा परेका छन् र अब तथ्यहरूमा कुनै द्विविधा, अन्योल या भ्रमहरू बाँकी रहेका छैनन् । यसले हाम्रो मापनको वैज्ञानिकता र आधिकारिकताको पनि थप पुष्टि गरेको छ ।’

सगरमाथाको उचाइलाई लिएर को भ्रममा थियो भन्ने मन्त्री ज्ञवालीले खुलाएनन् । उनले ‘अब कोही भ्रममा नपर्नेु मात्रै भने । कूटनीतिक भाषा बोल्ने मन्त्री ज्ञवालीले मात्रै नभएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पनि सगरमाथाको उचाइलाई लिएर भएका ‘आशंका र द्विविधाहरूको निवारण भएकोु बताएकी थिइन् ।

अहिलेसम्म पटक-पटक सगरमाथाको उचाइ मापन गरिएको र त्यसमा फरक(फरक उचाइ निस्किएकाले पनि नेपाल आफैंले मापन गरेको र सही तथ्यांक दिएको मन्त्री अर्यालको भनाइ थियो । मन्त्री अर्यालका अनुसार सगरमाथालाई पहिलोपटक सन् १८५२ मा ब्रिटिस सर्भे अफ इन्डियाको सर्भे विभागले सर्वेक्षण गरेको थियो । उक्त सर्भेमा विश्वको सबैभन्दा उच्च हिमाल भएको भन्दै ुपिक फिप्टिनु ९पन्ध्रौं चुली० नामाकरण गरिएको थियो । त्यसपछि १९०४ मा ब्रिटिसहरूले, सन् १९५४ मा भारतले, सन् १९७५ मा चीनले, सन् १९८७, १९९२ र २००४ मा इटालीले सगरमाथाको सर्वेक्षण गरेको थियो । सन् १९९९ मा अमेरिकाले पनि सगरमाथाको सर्वेक्षण गरेको थियो । चीनले पुनः सन् २००५ मा सगरमाथाको सर्वेक्षण गरेको थियो । त्यसपछि सन् २०१० मा डेनमार्कले पनि सगरमाथाको सर्वेक्षण गरेको थियो ।

चीनले सन् २००५ मा गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ ८ हजार ८४४ दशमलव ४३ मिटर भनेको थियो । चीनले अन्य सर्भेहरूले देखाएको सगरमाथारचोमोलोङ्‍माको उचाइ अस्वीकार गर्दै आएको थियो । उक्त सर्भेमा चीनले चट्टानलाई मात्रै आधार मानेको थियो । चट्टानमाथि जमेको हिउँको उचाइलाई उसले आफ्नो सर्भेमा समावेश गरेको थिएन । र, वास्तविक उचाइ चट्टानमा आधारित भएर हुनुपर्ने भन्दै आएको थियो ।

यसबीचमा २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने टिप्पणी पनि भएका भूमि मन्त्रालयका अधिकारीले बताएका छन् । एकातर्फ नयाँ प्रविधिले सगरमाथाको उचाइ मापन नगर्नु, अर्कोतर्फ चीनले फरक उचाइ देखाउनु र भूकम्पका कारण उचाइ घटेको भन्ने हल्लाले सगरमाथाको वास्तविक उचाइबारे भ्रम रहेका र नयाँ उचाइ घोषणाले गर्दा ती सबै आंशंका अन्त्य भएको अधिकारीहरूबी भनाइ छ ।

यसपटक भने दुवै देशका राष्ट्रपतिले घोषणा गरेको उचाइ हिउँसहितको हो । जसलाई चीनले पनि स्वीकार गरेको छ । अब सगरमाथाको उचाइले मन्त्रीहरूले भनेझैं ‘आधिकारिकता र प्रमाणिकताु पाएको छ भने यसबारे रहेका ‘भ्रमुहरूको अन्त्य भएको छ ।

उचाइ मापन गर्नका लागि नापी विभागका इन्जिनियरहरू खिमलाल गौतम र रवीन कार्कीले सगरमाथाको आरोहण गरेका थिए । उनीहरूले सगरमाथाको चुचुरोमा पुगेर १ घण्टा १६ मिनेटसम्म रहेर उचाइ मापनको काम गरेको मन्त्री अर्यालले बताएकी छन् ।

सगरमाथाको उचाइ मापन सकेर तथ्यांक प्रशोधनका क्रम जारी रहेको बेला गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा उचाइ घोषणा गर्ने समझदारी भएको थियो । यसबारे मन्त्री ज्ञवालीले भने, ‘गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसर पारेर सगरमाथाको उचाइको संयुक्त घोषणा गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थियौं । त्यसको खास अर्थ थियो । त्यो प्रमाणिक होस्, आधिकारिक होस्, कतैबाट पनि त्यसमा प्रश्न उठ्ने स्थिति नरहोस् । र, सगरमाथा र हिमालयहरूलाई जसरी नेपाल(चीन मित्रताका अटल प्रतिकका रूपमा लिन्छौं त्यो कुरामा दुवै देशहरू जोडिउन् भनेर हामीले समझदारीपत्रमा हस्ताक्षर गरेका थियौं ।’

Advertisement

सगरमाथाको उचाइ नेपाल सरकारले आफ्नै लगानीमा गरेको नापी विभागका अधिकारीले बताएका छन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीले पहिलोपटक आफ्नै स्रोतसाधन र जनशक्तिमा उच्च प्रविधिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरिएको जानकारी दिए । ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top