काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना

२४ मंसिर, काठमाडाैँ ।

Advertisement

काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । नेपाल सकरारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानून बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बोर्डको कार्यलयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले विज्ञापन क्षेत्रमा देखिएको विकृतिको अन्त्य गरी बजार नियमन गर्न बोर्ड सफल हुने विश्वास व्यक्त गरे ।

Advertisement


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहत रहने गरी गठन भएको बोर्डमा अध्यक्ष सहति ९ जना सदस्य रहने व्यवस्था छ । बोर्डको आध्यक्ष भने खुला प्रतिस्पर्धाबाट नियुक्ती गरिने व्यवस्था छ ।

साथै बोर्डका सदस्यमा गृहमन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका एक–एक जना सहसचिव पनि रहने व्यवस्था रहेको छ । विज्ञापन बोर्ड नेपाली सञ्चार क्षेत्रमा रहेको विज्ञापन बजारको नीति निर्माण अनुगमन र नियमन गर्न गठन गरिएको हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top