कोरियामा तीन नेपालीको मृत्यु

१० जेठ ७५, शुक्रबार

काठमाडौं – दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

Advertisement

लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए ।

यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत म्याग्दीका थमबहादुर थापाको मंंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो ।  थापाको आइससहितको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा लडेपछि ट्रलीले किचेको थियो ।

Advertisement

मगलबारै सोलुखुम्बु मुक्लीका नरेश राईले घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top