नवौं राष्ट्रिय खेलकुदको मिति छिट्टै घोषणा हुन्छः खेलकुद मन्त्री

२५ मंसिर, काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने बताएका छन् ।

Advertisement

राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले फागूनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताए ।

कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा अर्को मिति परिषद्को आगामी बैठकबाट तय गरिने बताए । साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि तयार गरिने पूर्वाधार विकासको कार्य कोभिडका कारण प्रभावित भएकाले त्यसको व्यवस्थापनको लागि पनि महत्वपूर्ण कामहरु गर्न बाँकी रहेको मन्त्री विश्वकर्माले बताए ।

Advertisement

छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले कोरोनाको जोखिमसँगै खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यको मापदण्डलाई धेरै ख्याल गर्नुपर्ने बताए।

एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले खेल संघहरुलाई सरकारले नियमित बजेट उपलब्ध गराउन आवश्यक रहेको बताए ।

Advertisement

यस्तै छलफलमा गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयंभूराज डंगोलले नेपाली दूतावास भएका देशका राजदूतले गैर आवासीय रुपमा विदेशमा बसेका नेपाली खेलाडीलाई प्रतियोगिताहरुमा सहभागी गराउन पहल गर्नुपर्ने बताए ।

छलफलमा सहभागि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले नवौं राष्ट्रिय प्रतियोगिताको मिति तोक्नु अघि वृहत छलफल गर्नु आवश्यक रहेको बताए ।

यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको थियो । अहिले स्वास्थ्यको मापदण्डमा रहेर ओलम्पिकमा समावेस हुने खेलको प्रशिक्षण भइरहेको छ । साथै चितवनमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुन गइरहेको छ । अखिल नेपाल फुटबल संघले राष्ट्रिय टोलीलाई बंगलादेशमा फुटबल खेलाएर ल्याइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top