धानको विकल्प बन्दै बेसार खेती, आम्दानीमा पनि बढोत्तरी

२५ मंसिर, काठमाडौं । जंगली जनावरले धान वाली नस्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायिक बेसार खेतीतर्फ आकर्षित भएका छन । उत्पादन भएको धान जनावरले नस्ट पारिदिएपछि मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले बेसार खेती सुरु गरेका हुन् ।

मधुवन नगरपालिकाको बेसार खेती पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदान र लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा नगरपालिकाका किसानहरुले बेसार खेती सुरु गरेका हुन् ।

दलित महिला उत्थान संघद्धारा सञ्चालित आर्थिक शशक्तिकरणका लागि सीप तथा उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानहरुले बेसार खेती गरिरहेका छन् ।

Advertisement

मधुवन नगरपालिका वडा नं. एक का ७५ जना किसानले कबि १४ विघा जमिनमा बेसार खेती गरेका छन् । परम्परागत रुपमा गरिने धानमा जंगली जनावरले क्षति पु¥याएपछि किसानहरु बेसार खेतीमा आकर्षित भएका हुन् ।

सामूहिक रुपमा बेसार खेती गरिएकाले यसलाई विस्तार गरी आगामी वर्ष २० विघा बेसार लगाउने योजनामा नगरपालिका रहेको छ ।

Advertisement

नगरपालिकामा १० ओटा पकेट क्षेत्र रहेको र त्यस मध्ये बेसार खेतीलाई पहिलो प्राथमिकता दिएर अगाडि बढाइएको नगरपालिकाका कृषि शाखा प्रमुख एकराज ओलीले बताए । नगरपालिकाले बेसार खेतीमा किसानहरुलाई प्रोत्सहित गर्न बिउ समेत उपलब्ध गराएको छ ।

बेसार खेती सुरु भएपछि नगरपालिकाले अनुगमन समेत गरेको छ । शुद्ध बेसार उत्पादन गरी बजार पठाउने र किसानहरुको आर्थिक जीवन बढाउने उद्देश्यले नगरपालिकाले किसानहरुलाई बेसार खेतीतर्फ आकर्षित गरेको हो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top