विराटनगरबाट ३३ लाखको अवैध कपडा बरामद

२५ मंसिर, विराटनगर।

Advertisement

विराटनगर महानगरपालिका ७ जलजलाचोक नजिकबाट ३३ लाखभन्दा बढीको अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद भएको छ ।

भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय ब्यापारी तरुण कुमार रौनियारको गोदामबाट बिहीबार दिउँसो उक्त मूल्य बराबरको लत्ता कपडा बरामद गरेको हो ।

Advertisement

बरामद भएको लत्ता कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top