पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैनः मुख्यमन्त्री गुरुङ

२५ मंसिर ७७, बिहीबार

२५ मंसिर, काठमाडाैँ ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आए जस्तो हल्ला नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि नलाग्न पार्टी कार्यकर्तालाई आग्रह गरे।

शुरुमा पार्टी एकीकरण हुँदा तत्कालीन एमालेमा ६० प्रतिशत र माओवादी केन्द्रमा ४० प्रतिशतका आधारमा पद बाँडफाँट गरे पनि अहिले पार्टी एक भइसकेपछि बहुमत र अल्पमतको कुरा नरहेको बताए। पार्टी एउटै भएपछि बहुमत र अल्पमत नहुने उनको भनाइ छ ।

Advertisement

सांसद तथा नेकपाका केन्द्रीय सदस्य मनकुमारी केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्य तिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटीले आयोजना गरेको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री गुरुङले अहिले दुई अध्यक्ष मिलेर जाने आम पार्टीकार्यकर्ताले समर्थन गर्नुको विकल्प नरहेको भन्दै निजी स्वार्थका लागि अनावश्यक मनमुटाव गर्न नहुने बताए ।

“पार्टी फुटेमा आगामी चुनावमा जनता माझ के भनेर जाने एकपटक सबैले सोचौँ”, गुरुङले भने, “जिल्ला तहमा समेत गुट उपगुटको बैठक भएको सुन्छु, यस्तो कामले व्यक्तिलाई फाइदा होला, पार्टी र राष्ट्रलाई घाटा हुन्छ ।” खत्रीको ७७ वर्षको उमेरमा निवासमै निधन भएको थियो । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top