बोइङको ७३७ म्याक्सलाई उडान अनुमति

२५ मंसिर ७७, शुक्रबार

२५ मंसिर, रियो दी जेनेरो।

बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ । बोइङ ७३७ म्याक्स मोडेलका दुई वटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो ।

ब्राजिलको सस्तो विमान सेवा गोलले संचालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री शहरको उडान गरेको थियो । तर अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ । सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरु नउडाउने घोषणा गरेको थियो ।

Advertisement

इन्डोनेसिया र इथियोपियामा भएका दुई वटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर नै बोइङ ७३७ म्याक्स बिमानहरु थन्किएका थिए । यसै महिनाको शुरुमा अमेरिकन एयरलाइन्सले संचालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी शहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो ।

गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान संचालन गर्न सक्ने गरी यसअघि लगाएका प्रतिबन्धहरु फुकुवा गरेको थियो ।रासस / सिन्ह्वा

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top