अफगानी सेनाको हवाई कारबाहीमा परि आठ तालिबानी मारिए

२६ मंसिर, काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगानी सेनाले गरेको हवाई कारबाहीमा परि कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् ।

Advertisement

ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । यस प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएको बताइएको छ ।

त्यस क्षेत्रका केही समययतादेखि उनीहरुले आतंककारी क्रियाकलाप गरेका थिए । पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानीबीच कतारमा वार्ता सुरु भएको भनिएको भएपनि हिंसा भने रोकिएको छैन ।

Advertisement

तालिबानीहरुले वार्ताका क्रममा युद्धविराम गरेको भने पनि उनीहरुले हिंसात्मक आक्रमण गर्न भने रोकेका छैनन् । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top