पारस खड्कालाई कोरोना संक्रमण

पारस खड्कालाई कोरोना संक्रमण

२६ मंसिर, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले शुक्रबार साँझ सामाजिक संजालमार्फत  आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले दुई दिनअघि सामान्य लक्षण देखिएपछि टोलीबाट छुट्टिएर बसेकाे बताएका छन् । बिहीबार गन्ध र स्वाद हराएपछि शुक्रबार विहान गरिएको परिक्षणको नतिजा पोजेटिभ आएकाे बताएका छन् । उनी होम आइसोलेसनमा बसेका छन् । क्यानले शुक्रबार मात्र राष्ट्रिय टोलीका खेलाडीलाई बन्द प्रशिक्षणबाट फुकुवा गर्दै चितवन पठाएको थियो ।

चितवनमा शनिबारदेखि सुरु हुने गौतम बुद्ध कपमा अब पारसले सहभागिता जनाउने छैनन् । उनले प्रतियोगिताको शुभकामना दिँदै आफू खेलमा उपस्थित हुन नपाएकोमा दुख व्यक्त गरेका छन् । पारसले नारायणीको कप्तानी गर्ने तय भएको थियो ।

नारायणी टोलीमा पारस खड्कासहित सुवाश खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, साहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, ईशान पान्डे, राजु रिजाल, दीपेश श्रेष्ठ र बिवेक यादव छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.