उखुको न्युनतम समर्थन मूल्य तोक्ने प्रक्रिया शुरु

२६ मंसिर ७७, शुक्रबार

२६ मंसिर, काठमाडौं ।

Advertisement

सरकारले चालु आर्थिक वर्षका लागि उखुको न्युनतम समर्थन मूल्य तोक्ने प्रक्रिया अघि बढाएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले यही विहिवार उखुको न्युनतम समर्थन मुल्य तोक्ने सम्बन्धी प्रस्ताव स्वीकृतीका लागि मन्त्रिपरिषदमा पठाएको जनाएको छ ।

Advertisement

मन्त्रालयले चालु आर्थिक वर्षका लागि उखुको न्युनतम समर्थन मुल्य प्रति क्वीन्टल ५ सय ४४ रुपैया ३३ पैसा तोक्न मन्त्रिपरिषद समक्ष प्रस्ताव गरेको मन्त्रालयका सहायक प्रवक्ता उर्मीला केसीले जानकारी दिए।

यस अघि कृर्षि तथा पशुपंक्षी विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सिफारिश सहित उखुको समर्थन मुल्य प्रति क्वीन्टल ५ सय ४४ रुपैया ३३ पैसा तोक्न मन्त्रिपरिषद समक्ष प्रस्ताव पेश गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top