नेकपा विवाद : गुटगत भेलामै व्यस्त शीर्ष नेता

२६ मंसिर ७७, शनिबार

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती गुटगत भेलामा व्यस्त छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुटगत भेला, बैठक र छलफलले तीव्रता पाएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि विवादले उग्र रूप लिएको थियो । विवाद समाधानका लागि यसबीच ओली र दाहालका बीचमा छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । दुवै समूह आआफ्नै अडानमा अडिग भएपछि विवाद बढ्दै गइरहेको छ ।

Advertisement

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको नाममा र दाहाल–नेपाल समूहले पार्टीकै नाममा खुलेरै समूहगत भेला, बैठक र छलफल गरिरहेका छन् । केही समयअघि ओलीले प्रदेश १ का साथै काठमाडांैमा फाउन्डेसनको नाममा भेला गर्दै जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा वडास्तरसम्म कमिटी गठन गर्दै अगाडि बढ्न निर्देशन दिएका थिए ।

काठमाडांैको भेलामा उपप्रधान एवं सचिवालय सदस्य ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू सहभागी थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रायः दिनहुँ गुटगत छलफल हुने गरेको नेकपा स्रोतले जनाएको छ । पछिल्लो समय बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।

Advertisement

यता दाहाल–नेपाल समूहले समेत गुटगत भेला तथा बैठकलाई तीव्रता दिएका छन् । दाहाल निवास खुमलटारमा प्रायः दिनहुँ दलगत छलफल हुने गरेको छ । थापाथली क्याम्पसमा विद्यार्थीहरूको गुटगत भेला गरेका दाहाल–नेपाल समूहले पछिल्लो समय बिहीबार पेरिसडाँडामा बाग्मती प्रदेशको अगुवा नेताहरूको भेला गरेका छन् ।, यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top