×

NEPAL TIMES UPDATES

Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026

मुठभेडकै मुडमा नेताहरू : अब ओली–प्रचण्डबीच वान टु वान वार्ता नहुने

२७ मंसिर २०७७

काठमाडौँ : केही समयअघि एक साँझ प्रधानमन्त्री निवास बालुवाटारको बगैंचातिर हेर्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने, ‘हामी युवाले रोपेको आँप फलेर खाने बेला भइसक्यो, अध्यक्षहरूले लगाएको बिरुवा अझै हुर्किएको छैन ।’

२०७५ जेठ ३ गते पार्टी एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले रोपेको गिन्को बाइलोबाको बिरुवाभन्दा अरू रूखबिरुवा हर्लक्कै बढेको देखेपछि नेता ढकालले त्यसो भनेका हुन् । उनै अध्यक्षद्वयले बीजारोपण गरेको पार्टी एकता पनि हिउँदको गिन्को बाइलोबाजस्तै कक्रक्क परेको छ ।

Advertisement
Advertisement

यसको पछिल्लो उदाहरण अध्यक्षद्वयबीच गत बुधबार भएको संवाद हो । करिब एक महिनापछि झन्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निकटका वाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष दाहालले गरेको ब्रिफिङअनुसार दुई अध्यक्षबीच अब एक्लाएक्लै भेट हुनेछैन । ‘दुई जना मात्रै गफ गर्न नसक्ने अवस्थामा पुगियो, केही कुरा भन्नु छ भने विश्वासपात्र जो छ, उहाँमार्फत नै आउनुहोला, हाम्रो भेट कमिटीका बैठकमा मात्रै हुनेछ,’ दाहालले भनेका थिए, ‘ओलीजीको बुहार्तन धेरै भयो, पार्टी कमिटीबाटै निर्णय गरेर जाऔं ।’

अध्यक्षद्वय एक्लाएक्लै संवादमा बस्न नसक्ने स्थिति आएपछि पार्टीको भविष्य दोस्रो पुस्ताको काँधमा छ तर उनीहरूसमेत अध्यक्षद्वयलाई मिलाउन सक्रिय छैनन् । बरु दुवै पक्ष तल्ला कमिटीसम्म आफ्नो कुरा राख्न उद्यत छन् । दुवैतिरका जनवर्गीय संगठन र प्रदेश कमिटीहरूको गोप्य र खुलमखुला भेला भइरहेका छन् । यसरी समानान्तर छलफल हुनुको पछाडि अब पार्टीमा बहुमतकै निर्णय हुन्छ र तल्ला कमिटीका आफ्ना निकटस्थलाई मानसिक रूपमा तयार पार्नुपर्छ भन्नेमा उनीहरू पुगेको देखिन्छ ।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बारम्बार मौका दिए पनि प्रधानमन्त्री ओली नसुध्रिएकाले पार्टी एउटा निर्णय गर्नैपर्ने अवस्थामा पुगेको बताउँछिन् । ‘यो बेला सबैले टाउको उठाइरहेका छन् तर उहाँलाई मतलब छैन, त्यति दुःख गरेर ल्याएको गणतन्त्र र लोकतन्त्र जोगाउनुपर्ने बेला सबै गन्जागोल छ, अब केपी कमरेडको अनुहार मात्रै हेरेर लौ बा भन्न सकिन्न,’ उनले भनिन् । शाक्यको भनाइले अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालको भनाइलाई प्रतिबिम्बित गर्छ । स्थायी र केन्द्रीय कमिटीमा स्पष्ट बहुमतमा रहेको यो पक्षले कमिटीबाटै निर्णय हुन्छ भन्नु प्रधानमन्त्री ओलीका लागि दबाब सिर्जना गर्नु हो ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top