×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

वायु सेवा निगम अझै तीन वर्ष घाटामै रहने

२९ मंसिर २०७७

२९ मंसिर, काठमाडौं । नेपाल वायु सेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको छ ।

व्यावसायिक योजनामा अझै तीन वर्षसम्म निगम घाटामै रहने र तर सन् २०२४ देखि भने नाफामा जाने उल्लेख छ । निगमका महाप्रबन्धक प्रकाश पौडेलले मन्त्री भट्टराईलाई बुझाएको योजनामा निगम सुरुका तीन वर्ष नोक्सान मै रहने भए पनि सन् २०२४ बाट नाफामा जाने र २०३० मा पाँच अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ । त्यस कार्ययोजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष नौ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ । निगमले २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, शङ्घाई, इण्डोनेसिया, रियादलगायत आठ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारोबडी चार वटा र बाइडबडी दुई वटा गरि ६ जहाज आवश्यक पर्ने जनाएको छ । त्यस्तै आन्तरिक उडानतर्फको सुधारका लागि पनि काठमाण्डौ, नेपालगञ्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा मन्त्री भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । उनले १० वर्षे एकीकृत व्यावसायिक योजनाले निगम कुन बाटोमा हिँड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै राजमार्गबाट दायाँ–बाँया नगरि अहिले घाटामा रहेको निगमलाई व्यावसायिक रुपमा सफल बनाउनुपर्ने बताए ।

Advertisement
Advertisement

 

Advertisement
Advertisement

नेपाल सरकारको १५ औँ पञ्च वर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर यो योजना तयार पारिएको महाप्रबन्धक पौडेलले बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top