×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

नेपाल इन्जिनियरिङ कलेज अनियमितता प्रकरणः विधान नै किर्ते गरेर बुझाएको खुलासा

१ पुष २०७७

१ पौष, काठमाडौं । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता गर्न सञ्चालकहरूले विधान नै किर्ते गरेर पोखरा विश्वविद्यालयमा बुझाएको खुलेको छ ।

हाल प्रहरी हिरासतमा रहेका कलेजका पूर्वअध्यक्ष लम्बोदरप्रसाद न्यौपानेको बयानबाट विधान किर्ते गरिएको खुलेको हो ।

Advertisement
Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । त्यसमा किर्ते मुद्दासमेत थपिने भएको छ ।

न्यौपानेको बयानअनुसार कलेजको सम्बन्धनका क्रममा सक्कली विधानमा गैरनाफामूलक राखिएको थियो । तर, पोखरा विश्वविद्यालयमा बुझाउँदा विधानबाट उक्त शब्द हटाइएको थियो ।

बयानका क्रममा न्यौपानेले कलेज गैरनाफामूलक नभएको जिकिर गरेका थिए । त्यसपछि प्रहरीले पोखरा विश्वविद्यालयबाट विधान मगाएको थियो, जसमा गैरनाफामूलक शब्द थिएन । पछि कलेजबाट विधान झिकाउँदा विश्वविद्यालयमा किर्ते गरेर बुझाइएको पुष्टि भएको हो ।

किर्तेमा संलग्न अन्य व्यक्तिसमेत छानबिनमा तानिने भएकाले यसमा संगठित मुद्दाको अभियोग जोडिने सम्भावना रहेको सिआइबी स्रोत बताउँछ ।

उक्त कलेज संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा दर्ता भएको थियो । ०५६ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको थियो । ०५१ सालमा बनेको कलेजको विधानमा संस्थाको उद्देश्यमा मुनाफारहित भन्ने शब्द उल्लेख थियो । विधानको दफा ३.१ मा उल्लेखित उक्त बुँदा हटाएर पोखरा विश्वविद्यालयमा पेस गरेको खुलेको छ ।

विधान किर्तेसम्बन्धी अनुसन्धान पनि अगाडि बढाइएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । नक्कली बिलहरूका आधारमा करोडौँ अनियमितता गरेको आरोपमा न्यौपानेलगायत तत्कालीन सञ्चालकमाथि प्रहरीले छानबिन गरिरहेको छ ।

सर्वाेच्चद्वारा रिट खारेज
पक्राउ परेका न्यौपानेले प्रहरीविरुद्ध दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतले सोमबार खारेज गरेको छ । न्यौपानेले २२ मंसिरमा उक्त रिट दायर गरेका थिए । देवानी प्रकृतिको विषय ठगी मुद्दा नहुने र आफूलाई पक्राउ गर्न नमिल्ने उनको दाबी थियो ।

सर्वाेच्चले आइतबार प्रहरी अनुसन्धानको सक्कल मिसिलसमेत झिकाएको थियो । सोमबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको इजलासले रिट खारेज गरेको हो । रिट खारेजीसँगै ठगी र किर्ते मुद्दा चलाउन प्रहरीलाई बाटो खुुलेको छ ।

अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रकरणमा उनीविरुद्ध यसअघि नै मुद्दा दायर भएको थियो । कलेजको विवादलाई आफूअनुकूल निर्णय गराउन उनले घुस बुझाएको पुष्टि भएपछि पाठक र न्यौपानेविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो । उनी विशेष अदालतमा ७८ लाख रुपैयाँ बुझाएर छुटेका थिए ।

कलेजले नै दिएको जाहेरीका आधारमा यसपटक उनी पक्राउ परेका हुन् । कलेजको आठ करोड २१ लाख ५३ हजार रुपैयाँ ठगी गरेको बताउँदै प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआइबीमा जाहेरी दिएका थिए । त्यसमध्ये करिब तीन करोड न्यौपानेले ठगी गरेको कलेजले जनाएको छ ।

न्यौपाने २३ मंसिर २०७० देखि १५ असोज ०७५ सम्म कलेज सञ्चालक समितिका अध्यक्ष थिए । त्यस क्रममा उनले कलेजको बजेटबाट किनेको गाडी आफ्नो नाममा पास गरेका थिए । न्यौपानेले सचिवालय खर्चको नाममा ५७ लाख ५० हजार रुपैयाँ निकालेर दुरुपयोग गरेका थिए ।

यस्तै, २० फागुन ०७३ को सञ्चालक समिति बैठकले एक करोड ५० लाख रुपैयाँ कुनै बिल नै पेस नगरी सञ्चालकहरूलाई दिने निर्णय गरेको थियो । काल्पनिक शीर्षकमा उनले पटक–पटक रकम निकालेर दुरुपयोग गरेको कलेजको दाबी छ ।

Advertisement

कलेजले २४ कात्तिकमा सिआइबीमा जाहेरी दिएको थियो । न्यौपाने पक्राउ परे पनि त्यतिखेरका सञ्चालकहरू ललितपुरका रामकृष्ण उपाध्याय, काठमाडौं विशालनगरका उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका लवराज भट्टराई भने फरार छन् । (नयाँ पत्रिका)

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top