१ पौष, काठमाडौँ । नेकपा स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरेर सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।
बैठक अगाडि दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालवीच दुई चरणमा छलफल भएको थियो ।
सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मनमुटाव बढेको थियो ।