अध्यादेशपछि सरकारको सर्वसत्तावादी चरित्र उजागर भयो : कांग्रेस

१ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन माग गरेको छ ।

Advertisement

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि बुधबार बसेको पदाधिकारी बैठकले संवैधानिक परिषदको गरिमा समाप्त गर्नेगरी अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म वितपरित भएको ठहर समेत गरेको छ । बैठकका निर्णयहरु सुनाउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संसद अधिवेसन छलेर संविधानको मर्म विपरित अध्यादेश जारी गरी सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उजागर गरेको बताए । उनले भने ‘संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको छ । संसद अधिवेशन छलेर संविधानको मर्म विपरित अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ ।’अध्यादेश जारी भएपछि हुने कुनैपनि निर्णय कांग्रेस पार्टीलाई मान्य नहुने पनि प्रवक्ता शर्माले बताए । उनले भने ‘संवैधानिक परिषद्को गरिमा समाप्त गरेर जारी गरिएको अध्यादेश पस्चात कुनैपनि निर्णय भएको खण्डमा भएको वा हुने दुवै स्थितिमा नेपाली कांग्रेस पार्टीलाई मान्य नहुने चेतावनी पनि बैठकले दिने निर्णय गरेको छ । यो अध्यादेश अविलम्ब फिर्ता हुनपर्दछ भनेर बैठकले माग गरेको छ ।’ कांग्रेसले संघीय संसदको अधिवेसन तत्काल बोलाउन समेत माग गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि त्यसको सर्वत्र विरोध भयो । नेकपा भित्र र बाहिरसमेत अध्यादेश फिर्ता लिन दबाब बढेपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने सहमति जनाएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top