लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

२ पौष, काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

Advertisement

राति भएको खेलमा टोटेनह्यामलाई २–१ ले हराएर लिभरपुल शीर्षस्थानमा पुगेको हो । साविक विजेता लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गोल गरे । लिभरपुलसँग हारेको टोटेनहमको ११औं खेलमा अपराजित यात्रा टुङिगएको छ ।

जितपछि शीर्षस्थानमा रहेको लिभरपुलको २८ अंक छ । हारपछि दोस्रो स्थानमा झरेको टोटेनहमको २५ अंक छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top