सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा कतारलाई

२ पौष, काठमाडौं । कतारले सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा पाएको छ । भोटिङका आधारमा कतारले साउदी अरेबियालाई पछि पार्दै एसियन गेम्सको जिम्मा पाएको हो ।

Advertisement

ओमानको मुस्क्याटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन् २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका थिए । यस्तै सन् २०३४ को एसियन गेम्सको जिम्मा भने साउदी अरेबियाले पाएको छ ।

सन् २०३० को एसियन गेम्सका लागि भोटिङ आफ्नो पक्षमा पार्न कतारको टिम नेपाल पनि आएको थियो । त्यसपछि साउदी अरेबियाले पनि भोटका लागि पहल गरेको थियो ।

Advertisement

यसअघि नै बढी भोट पाउने देशले सन् २०३० को एसियन गेम्सको आयोजना गर्ने र दोस्रो हुनेले सन् २०३४ को आयोजना गर्ने सहमति भएको थियो । जसका कारण लगातार दुई संस्करणको आयोजकको टुंगो लागेको हो । सन् २०३४ को एसियन गेम्स रियादमा हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top