ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२ पुस ७७, बिहीबार

२ पुष, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए । सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा दुर्घटना भएको हो । सिल्लेगडाबाट कुकुडेपानीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । उक्त ट्याक्टरमा सवार अन्य चार जना सकुशल रहेका प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top