प्रधानमन्त्री खुमलटार पुगे

प्रधानमन्त्री खुमलटार पुगे

४ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनी त्यहाँ पुगेका हुन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएका हुन् । प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् ।

तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिएका छन् । यद्यपि पार्टीभित्र अल्पमतमा परेका उनीमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ ।

पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली उनलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.