राष्ट्रपतिले संसद् विघटनबारे पुनर्विचार गर्नुस् भन्नुपर्छः पूर्वसभामुख ढुंगाना

५ पुस, काठमाडौं । राष्ट्रपतिले संसद विघटनको सिफारिस पुनर्विचार गर्न पठाउनुपर्ने पूर्वसभामुख दमननाथ ढुंगानाले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर नयाँ जनादेशमा जाने घोषणा गरेका थिए । संसद विघटनको सिफारिस लिएर उनी शीतल निवास पनि पुगेका छन् ।

पूर्वसभामुख ढुंगानाले भने संसद विघटनको सिफारिस गर्नु भनेको कम्युनिस्ट पार्टीले लोकतन्त्र चलाउन नजान्नु भएको प्रतिक्रिया दिए । ‘यति सुविधाजनक बहुमत हुँदा पनि संसद विघटन गर्न सिफारिस गर्नु भनेको कम्युनिस्ट पार्टी र प्रधानमन्त्रीले लोकतन्त्र र संसद चलाउन नजान्नु हो’ उनले भनेका छन् ।

ढुंगानाका अनुसार संविधानले संसद विघटनलाई एक प्रकारले निषेध नै गरेको छ । संसद विघटनका संविधानले यति धेरै शर्तहरू राख्दा पनि संसद विघटन गर्नुपर्ने कस्तो परिस्थिति सिर्जना भएको होला ? उनले प्रश्न गरेका छन् ।

संविधान अनुसार संसद विघटन गर्न मिल्छ कि मिल्दैन भनेर राष्ट्रपतिले हेर्नुपर्ने उनले बताए । उनले अघि भने मेरो विचारमा राष्ट्रपतिले पुनर्विचार गर्नुस् भनेर पठाउनु राम्रो हुन्छ ।’

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top