आज थपिए ५८८ संक्रमित, १,०९७ डिस्चार्ज, ११ जनाको मृत्यु

५ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

Advertisement

आजै १ हजार ९७ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ११ संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । उनीहरुमध्ये २ लाख ४३ हजार ६६४ जना संक्रमणमुक्त भएका छन् भने १७ सय ८८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

हाल देशभर ८ हजार ३ सय २० सक्रिय संक्रमित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top