५ पुष, काठमाडौं । सरकार र उखु किसान बीच भएको वार्ता बिनाकुनै निष्कर्ष सकिएको छ ।
वार्तामा कृषकले उठाएका मुद्दामा कुनै सहमति भएन तर सोमबार दिउँसो २ बजे फेरी वार्ता हुने भएको छ । ८ दिनदेखि काठमाडौं पुगेर सर्लाहीका उखु किसानले चिनी मिलबाट पुरानो बक्यौता भुक्तानी माग्दै आन्दोलन गरिररहेका छन् । वार्तामा आन्दोलनको स्वरुप परिमार्जन गर्न किसान प्रतिनिधि तयार भएका छन् । तर, आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए । भुक्तानी समस्या स्थायी समाधान गर्न उद्योग, कृषि र गृह मन्त्रायसहित किसान प्रतिनिधि सम्मिलित कार्यदल बनाउने सहमति भएको छ ।


