आज दिउँसो १२ बजे दलहरुका तर्फबाट गोविन्द बन्दीले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्दै

आज दिउँसो १२ बजे दलहरुका तर्फबाट गोविन्द बन्दीले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्दै

७ पुस, काठमाडौं ।
आज दिउँसो १२ बजे प्रतिनिधिसभाका बहुमत सांसदहरुले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दर्ता गर्ने भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधवकुमार नेपाल पक्ष र नेपाली काँग्रेसका सांसदहरुले सर्वोच्चमा रिट दयार गर्न लागेका हुन् ।

दिउँसो १२ बजे दलहरुका तर्फबाट गोविन्द बन्दीले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्दैछन् । बन्दीका अनुसार अहिले रिटको मस्यौदा तयार हुँदैछ । संसदहरुको तर्फबाट सर्वोच्चमा रिट दिनका लागि कानुन व्यवसायीहरुसँग छलफल गरेर मस्यौदा तयार भइरहेको देव गुरुङले बताए ।

सोमबार मात्र सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उक्त निर्णयविरुद्ध एक दर्जन रिट दर्ता भइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.