×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

१४ जेष्ठ २०७५

काठमाडौँ,  जेठ १४

उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ ।

Advertisement
Advertisement

गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले रु ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि रु एक हजार जरिवाना गर्न थालेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जेठ ४ गतेदेखि हालसम्म ६४९ माइक्रोबस तथा टेम्पोलाई कारवाही गरिएको बताए ।

“उभ्याएर यात्रु बोक्ने १८ सिटभन्दा कम क्षमताका माइक्रोबस र टेम्पोलाई कारवाही गरेका हौँ”, उनले भने । महाशाखाले उपत्यकाका ५० भन्दा बढी मार्गका १५५ माइक्रोबस र ४९४ टेम्पोलाई कारवाही गरेको हो ।

महाशाखाका प्रमुख पन्तले पहिले रु ५०० जरिवाना गर्दै आएकामा शनिबारदेखि यातायात व्यवस्था विभागले रु एक हजार लिने गरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेको र सोहीअनुसार जरिवाना लिँदै आएको जानकारी दिए । ठूला सवारी साधनको हकमा सो नियम अझैसम्म लागू भएको छैन । उपत्यका बाहिर चल्ने लामो दूरीका सवारी साधनले भने यात्रु उभ्याएर बोक्ने गरेका छैनन् ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top