बर्डफ्लुको सङ्क्रमण रोक्न उच्च सतर्कता

१३ जेठ ७५, सोमबार

रुपन्देही, जेठ १४
चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ ।

Advertisement

जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिए।

उनले क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको उल्लेख गर्दै सूचना प्रवाह र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भएको बताए ।

Advertisement

जिल्ला पशु सेवा कार्यालय, रुपन्देहीका प्रमुख डा विनय कर्णले जोखिमको क्षेत्र पहिचान गरी निगरानी बढाइएकामा जोड दिँदै जिल्लाका संवेदनशील क्षेत्र र आवतजावत हुने क्षेत्रमा विशेष ध्यान दिइएको बताए ।

उनले भने, “हामीले बर्डफ्लुको सङ्क्रमण रोक्नका लागि विभिन्न समूह परिचालन गरेका छौँ ।”
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top