प्रचण्डको गृहजिल्लाको पार्टी कार्यालयमा ओली समूहको तालाबन्दी

प्रचण्डको गृहजिल्लाको पार्टी कार्यालयमा ओली समूहको तालाबन्दी

११ पुस, चितवन ।
नेकपा चितवनको पार्टी कार्यालयमा तालाबन्दी भएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लाको पार्टी कार्यालयमा ओली समूहका कार्यकर्ताले ताला लगाएका छन। नेकपाको दाहाल–नेपाल समूहले आफ्नो बहुमत रहेको दाबी गरेको चितवनको पार्टी कार्यालयमा शनिबार ओली पक्षधरले ताला लगाएका हुन्।

भरतपुर महानगरपालिका–१० स्थित पार्टी कार्यालय तत्कालीन एमाले पार्टी कार्यालय हो। पार्टी नेतृत्वलाई वदनाम गरी कार्यालयबाट गतिविधि भइरहेको भन्दै जिल्ला कार्यालय मदननगरमा कार्यालयमा सूचना टाँसिएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध घेरावन्दी गरिएको र राष्ट्रपतिप्रति महाअभियोग तथा अविश्वासको प्रस्ताव पेश गरेर पार्टी एकताविरोधी काम गरिएको भन्दै विरोध गरेका छन्।

सूचनामा भनिएको छ, नेपाल कम्युनिष्ट पार्टीको यथार्थ दृष्टिकोण, सिद्धान्त र कार्यदिशाका सम्बन्धमा सबै नेतागणको एउटै राय र मनहरु एकै ठाउँमा रहने प्रति विश्वास व्यक्त गर्दै यस मदनआश्रित भवनलाई कुनै एक पक्षको र गुटको आश्रयस्थलका रुपमा प्रयोग नगर्न, नगराउनका लागि भवनमा तालावन्दी गरिएको जानकारी गराइन्छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.