कोरोना परीक्षण गर्दा व्यक्तिको हालको स्थान उल्लेख गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

१५ पुस ७७, बिहीबार

१५ पुस, काठमाडौं ।

Advertisement

कोरोना सङ्क्रमण परीक्षण गर्दा व्यक्तिको ठेगाना हाल बसोबास गरिरहेको स्थान उल्लेख गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोरोना सङ्क्रमणको परीक्षणका लागि नमुना सङ्कलन गर्ने क्रममा सम्बन्धित व्यक्तिले हाल बसोबास गरिरहेको स्थानलाई आधार मानेर ठेगाना उल्लेख गर्न सबै प्रयोगशाला, अस्पतालहरूलाई अनुरोध गरे।

Advertisement

प्रा.डा गौतमले विभिन्न निकायहरूले नमुना सङ्कलन गर्दा आ–आफ्नो तरिकाले व्यक्तिको ठेगाना लेख्ने गरेकाले सम्बन्धित व्यक्तिको पहिचान तथा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न कठिनाइ भएको बताए।

व्यक्तिको ठेगाना उल्लेख गर्दा एकरूपता नभइरहेकाले अब उपरान्त कुनै समस्या वा उजुरी परेमा नियमानुसार कारबाही गरिने निर्णय समेत भएको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top